जुवा खेलिरहेका पाँच चिनियाँ ठमेलमा पक्राउ, २३ लाख ९८ हजार बरामद


 


काठमाडौं । प्रहरीले २३ लाख ९८ हजार रुपैयाँसहित पाँच चिनियाँ नागरिकलाई ठमेलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

ज्याठास्थित यम कुमारी श्रेष्ठको घर भाडामा लिएर क्वान छि नामक रेष्टुरेन्ट चलाउँदै आएका चिनियाँ जुवा खेल्दै आएका हुन् ।

पक्राउ पर्नेमा काठमाडौंको ठमेल बस्ने ५४ वर्षीय चु खछ्याङ, ३३ वर्षीय हुई फङ, ५० वर्षीय वन च्रिमेई, ४३ वर्षीय वाङ चियौ र ३८ वर्षीय लेउ सुन रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चिनियाँहरु अन्य अपराधमा समेत संलग्न हुन सक्ने देखिएको प्रहरी स्रोत बताउँछ ।

उनीहरूको साथबाट फिस सुट गेम खेल्ने उपकरण, मजोङ सेट र मजोङ खेल्न प्रयोग गरिने विभिन्न आकृतिका गोटीहरू बरामद गरिएका छन् ।

प्रकाशित मिति: २० आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्