ललितपुरमा एक पुरूषको शव फेला, बाढीले बगाएर ल्याएको आशंका


 


काठमाडौं । ललितपुरमा एक जनाको शव भेटिएको छ।

ललितपुर महानगरपालिका-१८ हार्मोनी कोलनी सि ब्लक नजिकै एक पुरूषको शव भेटिएको हो।

आइतबार बिहान ९ बजे शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरीका अनुसार उक्त शवको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

शव पाटन अस्पताल पठाईएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

शव बाढीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २० आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्