सिधाकुरा डटकमका पत्रकार कँडेल र ढुंगाना थुनामुक्त


 


काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक र सम्पादक थुनामुक्त भएका छन् ।

माफी मागेपछि सिधाकुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेल थुनामुक्त भएका हुन् ।

अदालतको अवहेलना ठहर भएका ढुंगाना र कँडेल असोज १३ गते जेल चलान भएका थिए ।

‘सिधा कुरा’ डटकममा ’डार्क फाइल’ भनेर प्रसारण/प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा उनीहरुलाई जेल सजायको फैसला भएको थियो ।

विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकिएको छ भने सिधाकुराका सम्पादक युवराज कँडेल र नवीन ढुंगानालाई ३ महिना कैद सजाय तोकिएको थियो ।

सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेका शृंखलाबद्ध सामग्रीले अदालतको अवहेलना गरेको दाबी गरी सर्वोच्च अदालत प्रशासनले प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: २० आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्