अनियन्त्रित भएको माइक्रो घरभित्र छिरेपछि…


 


दाङ । दाङको तुलसीपुरमा गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्।

तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको बा.प्र ०३ –००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका – ७ डाँडापातुवा सडकमा अनियन्त्रित भई स्थानीय खिमबहादुर मल्लको घरमा छिरेको थियो ।

गाडी केही भाग कोठाभित्रै छिरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। दुर्घटनामा परी माइक्रो चालक, त्यसमा सवार यात्रु र डेरामा बसेकाहरू घाइते भएका छन्।

गाडीमा कुल ९ जना यात्रारत रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइते सबैको तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २० आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्