दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ को ट्रेलर सार्वजनिक


 


काठमाडौं । नेपाली फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ ।

दशैं फूलपातिको अवसरमा असोज २४ गते बिहिबारदेखि प्रदर्शन हुन लागेको फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटीको मुख्य भूमिका छ ।

माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माता हुन् । आमा सरस्वती मूभिज र आइएमइको प्रस्तुतिमा बनेको फिल्मले भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष गरेको छ ।

ट्रेलरमा मुख्य कथावस्तुसहित एक्सन, कमेडी, रोमान्स पनि समेटिएको छ ।

प्रकाशित मिति: २० आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्