सुनको मूल्य आज घट्यो, चाँदीको बढ्यो


 


काठमाडौं, असोज २० । शुक्रबार हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्य आज भने घटेको छ ।

सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन गएको शुक्रबार प्रतितोला एक लाख ६१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने सामान्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २० आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्