बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४४ पुग्यो, १९ बेपत्ता


 


काठमाडौं, असोज २० । बाढीपहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या २४४ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरोमा परी २४४ को मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । बाढी पहिरोमा १७९ जना घाइते भएका छन् ।

प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ । सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी रहेको प्रवक्ता तिवारीले बताए ।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ ।

प्रकाशित मिति: २० आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्