कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौँ, असोज २० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

केन्द्रीय बैंकका अनुसार आइतबारका लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ छ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ ।

युरोपियन युरो १ को खरिददर १४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा रहेको छ ।

युके पाउन्ड स्टर्लिङ १ को खरिददर १७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

यसैगरि अष्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा छ भने क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: २० आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्