यी हुन् विपद् संकटग्रस्त क्षेत्र घोषित ४१ स्थानीय तह


 


काठमाडौं । सरकारले बाढीपहिरो प्रभावित १२ जिल्लाका ४१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट बढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुबानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहमा पुनः स्थापना, पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तीव्रता दिने गरिन्छ । त्यसका लागि खरिद प्रक्रिया पनि सरल हुन्छ ।

यी हुन् विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तह:

कोशी प्रदेश

१. पाँचथर

फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका ।

२. ओखलढुङ्गा

चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिका ।

३. उदयपुर

बेलका नगरपालिका ।

बागमती प्रदेश

४. धादिङ

बेनिघाट रोराङ गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, धुनिवेशी नगरपालिका र गजुरी गाउँपालिका ।

५. दोलखा

गौरीशङ्कर गाउँपालिका, बिगु गाउँपालिका र शैलुङ गाउँपालिका ।

६.रामेछाप

मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, दोरम्भा शैलुङ गाउँपालिका, सुनापति गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका र उमाकुण्ड गाउँपालिका ।

७. सिन्धुपाल्चोक

भोटेकोशी गाउँपालिका ।

८. ललितपुर

बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र गोदाबरी नगरपालिका ।

९. काभ्रेपलाञ्चोक

रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, चौरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिका ।

१०.सिन्धुली

गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र फिक्कल गाउँपालिका ।

११.मकवानपुर

इन्द्रसरोवर गाउँपालिका र बकैया गाउँपालिका ।

१२. चितवन

भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका ।

प्रकाशित मिति: १९ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्