दाङ ११ वर्षीया बालिका बलात्कृत


 


दाङ । बालिका बलात्कार गरेको आरोपमा ४० वर्षीय पुरूष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको राजपुर गाउँपालिका – २ का ४० बर्षीय धर्मराज यादव रहेका छन् ।

स्थानीय दुर्गा सामुदायिक वनमा दाउरा लिन जाँदै गरेकी ११ वर्षीया एक बालिकालाई शुक्रबार यादवले आफ्नै घरको कोठामा लगेर बलात्कार गरेको आरोप लागेको छ ।

इलाका प्रहरी कार्यालय गढवामा पीडित बालिकाले यादवविरुद्ध उजुरी गरेका कारण प्रहरीले शुक्रबार बेलुका अवेर उनलाई पक्राउ गरेको बतायएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्