लालबकैया नदी किनारमा एक युवकको शव फेला


 


रौतहट । रौतहट कटहरिया नगरपालिका–१ भसेढवा स्थित लालबकैया नदी किनारमा एक युवकको शव फेला परेको छ ।

अन्दाजी ४५ वर्षको देखिने पुरुषको शव बालुवामा पुरिएको अवस्थामा फेला परेको हो । शुक्रवार साँझ सशस्त्र प्रहरी बल नेपाल फर्वाड सुरक्षा वेश जंगलशैया र प्रहरी चौकी हरिनगरको संयुक्त टोलीले उक्त शवलाई  पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको  सशस्त्रका एसपी बिक्रम हुमागाईंले बताए ।

शवको प्रकृति हेर्दा केही दिन अघि नदीमा आएको बाढीले कतैबाट बगाएर ल्याएको हुनसक्ने एसपी हुमागाईँले बताए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: १९ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्