शनिबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, असोज १९ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो १ को खरिददर १४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा रहेको छ ।

युके पाउन्ड स्टर्लिङ १ को खरिददर १७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ ।

क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्