आज देखि राप्रपाले क्षेत्रीय अधिवेशन गर्दै  


 


काठमाडौं, माघ २१

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज मुलुकभरको २ सय ४० वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै छ । २१ सदस्यीय क्षेत्रीय समितिमा एक क्षेत्रीय अध्यक्ष र १३ जना सदस्यका लागि निर्वाचन हुने राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

बाँकी ७ जना सदस्य भने क्षेत्रीय अध्यक्षले मनोननय गर्ने ब्यवस्था रहेको छ । राप्रपा नेपाल र राप्रपाको एकता पछि पहिलो महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म राजधानीमा हुदैछ ।

महाधिवेशनका लागि राप्रपाले वडा गाउँ हुँदै क्षेत्रीय अधिवेशन गर्न लागेको जनाएको छ । यसैबिच महाधिवेशनमा राप्रपाका अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले कार्यपत्र पेश गर्ने कार्यक्रम रहेको छ । थापाले राजनीतिक र लोहनीले आर्थिक कार्यपत्र पेश गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्