उपत्यकामा स्याटलाइट सिटी निर्माण गर्ने गृहकार्य सुरु


 


काठमाडौ ,  माघ २१

काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने भएको छ । पहिलो चरणमा भक्तपुरको गुण्डु, बालकोट, चाँगु र दुवाकोटमा स्याटलाइट निर्माण गर्ने तयारी छ । यस्तै दोस्रो चरणमा ललितपुरको भैँसेपाटी, बुङ्मती, छम्पी तथा तेस्रो चरणमा काठमाडौँको साँखु र काभ्रेस्थलीमा स्याटलाइट सिटी निर्माण गरिने भएको छ ।

ती स्थानमा स्याटलाइट सिटी निर्माणका लागि सरकारले सम्भाव्यता अध्ययन गरिसकेको र अब विस्तृत अध्ययन प्रतिवेदन डीपीआरको काम अगाडि बढाइने काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । अबको १५ वर्षमा उपत्यकाका केही स्थानमा आधुनिक सहर निर्माण गरिसक्ने गरी सरकारले स्याटलाइट सिटी निर्माण गर्ने गृहकार्य सुरु गरेको प्राधिकरणका योजनाविद् भागवतभक्त खोकालीले जानकारी दिए ।

अव्यवस्थित र साँघुरो बन्दै गएको शहरलाई व्यवस्थित बनाउने उदेश्यले उपत्यकाको निश्चित स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने तयारी भएको हो ।

प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्