राष्ट्र बैंकले विभिन्न पदमा माग्यो करार कर्मचारी


 


काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । शुक्रबार राष्ट्र बैंकले करार सेवामा नियुक्त गर्नेगरी खरिद अधिकृतदेखि रक्षकसम्मको माग गरेको हो ।

यस अनुसार २ जना खरिद अधिकृत, ६ जना, सवारी चालक ६ जना, पीपा ७ जना, सिपाही (महिला र पुरुष) १० जना र रक्षक ५ जना ४ जनाको माग गरिएको छ ।

छ महिना अवधिको लागि हुने उक्त करार नियुक्तिका लागि ४५ वर्ष ननाघेका व्यक्तिहरु आवद्ध हुन सक्नेछन् । नियुक्ति कर्मचारीलाई राष्ट्र बैंकको केन्द्रीय र जुनसुकै शाखा कार्यालयमा खटाउन सकिने उल्लेख गरिएको छ ।

यस अनुसार २ जना खरिद अधिकृत, ६ जना, सवारी चालक ६ जना, पीपा ७ जना, सिपाही (महिला र पुरुष) १० जना र रक्षक ५ जना ४ जनाको माग गरिएको छ । त्यसमध्ये रक्षक, सिपाही र पिपाका लागि नेपाली सेनाका निवृत्त कर्मचारी अनिवार्य गरिएको छ । ड्राइभरका लागि बैंक तथा वित्तीय संस्थामा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्