दसैँअघि बीपी राजमार्ग नखुल्ने, फसेका ५ सय गाडी उद्धार प्रयास जारी


 


काठमाडौँ । दसैँअघि बीपी राजमार्ग सञ्चालन नहुने भएको छ । असोज ११ र १२ गतेको बाढी पहिरोबाट बीपी राजमार्गको १२ किलोमिटर सडक बगाएकोले तत्काल अस्थायी बाटो बनाएर सवारी सञ्चालनमा समस्या रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।

उनले सडकका साथै पुलमा पनि क्षति पुगेकोले तत्काल सडक सुचारु गर्न सक्ने अवस्था नरहेको बताए । शुक्रबार विकास तथा पूर्वाधार समितिको बैठकमा बोल्दै उनले बीपी राजमार्गमा झन्डै ५ सयवटा गाडी र ती गाडीमा रहेका झन्डै १ हजार चालक तथा सहचालक फसेकाले उनीहरूको उद्धार कार्य उद्धार प्रयास भइरहेको जानकारी दिए। दसैँ अघिसम्म उनीहरूको उद्धार सक्ने बताए ।

बैठकमा सांसद निशा डाँगीले डाईभर्सन सडक बनाएर बीपी राजमार्ग सञ्चालन गर्न सकिने भनेर विज्ञले भनेको उल्लेख गर्दै त्यसतर्फ मन्त्रालयलाई ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्