बालिका बलात्कारको आरोपमा रोल्पाबाट एक जना पक्राउ


 


रोल्पा । बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका-२ खोलबाङका ३२ वर्षीय बिर्सी विक छन् ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

​​ विकले ती बालिकालाई विवाह गर्छु भनि ललाई फकाई आफ्नै घरमा लगेर बुधबार राति बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्