परराष्ट्रमन्त्री राणा झण्डै तीन हप्तापछि आज स्वदेश फर्किंदै


 


काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज स्वदेश फर्किने भएकी छन् ।

एसिया कोअपरेसन डायलग (एसीडी) को तेस्रो सम्मेलनका लागि कतारको दोहामा रहेकी उनी आज स्वदेश फर्किन लागेकी हुन् ।

उनले क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९औँ महासभा र कतारको दोहामा आयोजित एसीडीको तेस्रो सम्मेलनमा सहभागिता जनाइन् ।

यसअघि बिहीबार उनले दोहामा ‘साइडलाइन’का क्रममा परराष्ट्रमन्त्री राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवम् मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । परराष्ट्रमन्त्री राणा भदौ ३१ गते क्यानडा प्रस्थान गरेकी थिइन् ।

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्