सिन्धुलीमा माइक्रो बस दुर्घटना, १५ जना घाइते


 


काठमाडौं । सिन्धुलीमा माइक्रोबस दुर्घटना भएको छ ।

काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बर हायास बस सिन्धुलीको सिस्नेरीमा दुर्घटना भएको हो।

सो दुर्घटनामा १५ जान घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ । ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

घाइते सबैलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको छ।

माइक्रोमा सवार १९ मध्ये चार जना सकुशल छन् ।

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्