इजरायलले हिजबुल्लाहका नयाँ प्रमुखलाई पनि मार्यो, एक हप्तामै दुई प्रमुखको हत्या


 


काठमाडौं, असोज १८ । इजरायली सेनाले लेबनानको हिजबुल्लाह समूहका नयाँ प्रमुख हाशिम सफीद्दीनलाई पनि मारेको छ ।

इजरायलले एकै हप्तामा हिज्बुल्लाहका दुई जना प्रमुखको हत्या गरेको हो । इजरायलले यसै हप्ता बेरुतमा आक्रमण गरेर हिजबुल्लाहका तत्कालीन प्रमुख हसन नसरुल्लाहको हत्या गरेको थियो । नसरुल्लाहको हत्यापछि उक्त समूहको नेतृत्वमा सफीद्दीन आएका थिए ।

यसबारे इजरायली डिफेन्स फोसेर्ज आईडीएफले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

न्यूयोर्क टाइम्सका अनुसार गएराति इजरायलले बेरुतको आकाशबाट बम वर्षा गराएको छ । जसले कयौँ आवसीय भवनहरु ध्वस्त भएको आशंका छ । जसमा १८ जनाले ज्यान गुमाइको जनाएको छ ।

इजरायलले बेरुतलगायतका क्षेत्रमा स्थलगतसहित हवाई आक्रमणलाई तीव्र बनाइरहेको बताइएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्