हात्तीको आक्रमणबाट माउतेको मृत्यु


 


भरतपुर, असोज १८ । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ ।

पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

खोरसोर नजिकको पुल क्रस गरेर आइरहेका उनलाई बसिरहेको हात्तीले आक्रमण गरेको निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले बताए । उनका अनुसार जग्दुका साथमा रहेका एक जना भने भागेर बाँच्न सफल भएका छन् ।

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्