त्रिकोणात्मक टी–२० क्रिकेटको उपाधि क्यानडाले जित्यो


 


काठमाडौं, असोज १८ । क्यानडामा भएको त्रिकोणात्मक टी–२० क्रिकेटको उपाधि घरेलु टोलीले जितेको छ ।

बिहीबार भएको अन्तमि खेलमा क्यानडाले ओमानलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

क्यानडाले लिगमा नेपाललाई २ खेलमा पराजित गर्दा ओमानलाई एक खेलमा हराएर सिरिजको शीर्ष स्थानमा रह्यो ।

अन्तिम खेलमा क्यानडाले टस जितेर ओमानलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। जहाँ ओमान अन्तिम २ बल बाँकी हुँदै अलआउट भएर केवल ८२ रनमा समेटियो ।

उसका लागि कप्तान अकिब इलियसले ३५ रन सकिल अहमेदले १८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

क्यानडाका लागि प्रभिन कुमार र अखिल कुमारले समान ३–३ विकेट लिए। त्यस्तै हर्ष थकरले २ विकेट लिँदा साद बिन जाफरले १ विकेट लिए।

जवाफमा क्यानडाले १४.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो। उसका लागि हर्ष थकरले १८ रन बनाउँदा कप्तान निकोलस किर्टनले २० तथा नभनित ढलीवालाले ११ रन र दिलप्रित बजवाले १४ रन बनाएका थिए।

सिरिजमा ४ खेलबाट ६ अंकका साथ क्यानडा शीर्ष स्थानमा रहँदा नेपाल ४ अंकका साथ दोस्रो र ओमान २ अंकका साथ तेस्रो स्थानमा थियो ।

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्