पूर्वराजा शाहले विजया दशमीमा सर्वसाधारणलाई टीका लगाइदिने


 


काठमाडौं, असोज १८ । विजया दशमीका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मला निवासमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

पूर्वराजाको संवाद सचिवालयले एक सूचना जारी गर्दै शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको दिन टीका लगाउने तय भएको हो ।

भुटान भ्रमणमा रहेका पूर्वराजा शाह आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्