कति छ आज विदेशी मुद्राको विनिमयदर ?
काठमाडौँ, असोज १८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
युरोपियन यूरो १ को खरिददर १४८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६८ पैसा रहेको छ ।
युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा तोकिएको छ ।
त्यस्तै क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा रहेको छ ।
प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार