आज शुक्रवार यस्तो छ तपाईँको राशिफल


 


मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ ।

बृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आस्था बढेर जानेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन खिन्न हुने स्थिति आउनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला, तर शेयर बजारबाट राम्रो लाभ मिल्नेछ ।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज माया प्रेममा सामीप्यता बढ्दै जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।

कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कुनै कुराले मन प्रसन्न रहनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ला, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ ।

तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज राज्यबाट मान सम्मान पाइनेछ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आर्थिक लाभ पनि राम्रै होला ।

बृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । कार्यमा अवरोध आउला । दिनको उत्तरार्धमा खर्च हुनेछ ।

धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । पारिवारिक र दाम्पत्य जीवन सुखमय हुनेछ ।

मकर
(भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) शुभारम्भको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । शेयर बजारबाट पनि राम्रो लाभ मिल्नेछ ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुनै मन्दिरको दर्शन हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनसक्छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।

मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) गरेको काममा ढिलासुस्ती हुनेछ । तनाव बढेको महसुस हुनसक्छ, अत ः विचार गरेर निर्णय लिनु उचित होला साँझमा नयाँ खबर भने पाइन सक्छ ।

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्