बिहारका पूर्वमन्त्रीको हत्या मामिलामा पूर्वविधायकसहित दुई जनालाई जन्मकैद


 


नयाँ दिल्ली । सन् १९९८ मा बिहारका पूर्वमन्त्री बृजविहारी प्रसादको हत्याको मुद्दामा सर्वोच्च अदालतले बिहीबार फैसला सुनाएको छ । अदालतले यस मुद्दामा दुई अभियुक्तलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।

दोषीमध्ये एक पूर्व विधायक मुन्ना शुक्ला हुन्। पूर्व सांसद सुरजभान सिंहले भने सफाइ पाएका छन् । यस मामिलामा न्यायाधीश सञ्जीव खन्ना, न्यायाधीश सञ्जय कुमार र न्यायमूर्ति आर महादेवनको इजलासले फैसला सुनाएको हो। यसअघि पटना उच्च अदालतले आठै जना अभियुक्तलाई सफाइ दिएको थियो । प्रमाणको अभावमा दोषीलाई सफाइ दिएको पटना उच्च अदालतको २०१४ को आदेशविरुद्ध सर्वोच्च अदालतको इजलासले सुनुवाइ गरेको थियो ।

यो याचिका भाजपाका पूर्व सांसद तथा बृजबिहारी प्रसादकी पत्नी रमा देवी र सीबीआईले दायर गरेका हुन् । रमादेवीका तर्फबाट वरिष्ठ अधिवक्ता सिद्धार्थ अग्रवाल उपस्थित भएका थिए । उच्च अदालतले मुद्दाका अभियुक्तलाई सफाइ दिएर आफ्नो फैसलामा गल्ती गरेको उनको तर्क छ ।

प्रकाशित मिति: १७ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्