पूर्वका चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध


 


काठमाडौं । पछिल्लो ६ घण्टामा इलाम, झापा, मोरङ, सुनसरी क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक आसपासका क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

यी क्षेत्रका नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

कोशी, नारायणी, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: १७ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्