लेबनानमा आठ इजरेली सैनिकको मृत्यु


 


काठमाडौं । इजरेली सेनाले दक्षिण लेबननमा लडाइँका क्रममा आफ्ना आठ जना सैनिकको मृत्यु भएको जनाएको छ ।

लेबनानी सशस्त्र समूह हिज्बुल्लाहविरुद्धको स्थल आक्रमण सुरु गरे यताको त्यो इजरेलले बेहोरेको पहिलो मानवीय क्षति हो ।

इरान समर्थित हिज्बुल्लाहले लडाइँमा इजरेली ट्याङ्कहरू ध्वस्त पारेको जनाउँदै इजरेली फौजलाई फिर्ता पठाउन आफूसँग पर्याप्त बल र अस्त्र भएको जनाएको छ ।

यसअघि इजरेली सेनाले थप स्थल सेना र बख्तरबन्द फौज लेबनानमा भइरहेको कारबाहीमा जोडिएको जनाएको छ ।

इजरेलले उक्त कारबाहीको उद्देश्य लेबनानी सीमावर्ती गाउँका “आतङ्कवादी पूर्वाधार” नष्ट गर्नु रहेको जनाउँदै आएको छ । बीबीसी

प्रकाशित मिति: १७ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्