आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम


 


काठमाडौँ, असोज १७ । आज कोशी र बागमती प्रदेशका विभिन्न भू–भागमा धेरै वर्षा भइरहेकाले त्यहाँका साना ठूला नदीहरुमा बाढीको जोखिम देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार वर्षाको कारण विभिन्न नदी तथा खोलाहरूमा जलसतह खतराको तह आसपास पुगेको छ ।

आज पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।

प्रकाशित मिति: १७ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्