यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, असोज १७ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।
युरोपियन यूरो १ को खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८२ पैसा तोकिएको छ ।
युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ९२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी, क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर :
प्रकाशित मिति: १७ आश्विन २०८१, बिहिबार