नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारले हान्यो छापा, महत्वपूर्ण कागजात बरामद


 


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा हानेको छ ।

सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको टोलीले आज छापा हानेको हो ।

अख्तियारले कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ । प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात लिएको हो।

विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणका क्रममा अनियमितता भएको उजुरी अख्तियारमा परेको थियो।

सोही उजुरीको अनुसन्धानको सिलसिलामा आवश्यक कागजात उपलब्ध नगराएपछि छापा मारेको अख्तियार स्रोतले बतायो ।

विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको अनियमिततावारे उजुरी अनुसन्धानको सिलसिलामा कागजात माग भएको थियो ।

तर उड्डयन प्राधिकरणले अख्तियारलाई कतिपय महत्वपूर्ण कागजात उपलब्ध नगराएपछि कार्यालयमा पुगेर छापा मारेर कागजात लिएको हो ।

प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्