टीभीएस नेपालले भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’ आयोजना गर्ने


 


काठमाडौं, असोज १५ । दसैँको अवसरमा, टीभीएस नेपालले ‘महा एक्सचेन्ज मेला’को आयोजना गर्ने भएको छ ।

मेला मार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

असोज १५ देखि २०, २०८१ सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन लागेको यस मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दसैँ अफरहरूको फाइदा लिन सक्नेछन् ।

टीभीएस महा एक्सचेन्ज मेलामा ग्राहकहरूले बृहत्त सुविधा, रोमाञ्चक अनुभवका साथै उत्कृष्ट मूल्यको मज्जा लिन पाउने कम्पनीेले दावी गरेको छ ।

मेलामा उपभोक्ताले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ टीभीएसका सवारी साधन साटेर घर लैजाने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

विशेष दसैँ अफरहरूः
दसैँलाई दृष्टिगत गर्दै टीभीएसले उपभोक्रालाई अझ बढी फाइदा दिलाउने सोचका साथ विशेष अफरहरूको ब्यवस्थापनि गरेको छ ।

पूर्व–खरिद अफरहरू :

दशैँका अवसरमा कम्पनीले खरिद गर्नु अघि नै उपभोक्ताका लागि रु ५,००,००० सम्मको छुट प्राप्त गर्ने अवसर प्रदान गर्ने छ ।

त्यसैगरी खरिद गर्दा रु १०,००,००० सम्मको छुट पाउने अवसर र साप्ताहिक क्याश ब्याक अफर अन्तर्गत हरेक सातो १००% क्यासब्याक जित्ने अवसरपनि उपलब्ध गरिने जानकारी कम्पनीले दिएको छ ।

साथै, दीर्घकालीन विश्वास र ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ । त्यसैगरी, ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र पिक एन्ड ड्रप सेवापनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ ।

आकर्षक अफरहरूः


उच्चतम मूल्याङ्कनको ग्यारेन्टीः मेलामा २० भन्दा बढी विशेषज्ञ मूल्याङ्कनकर्ताहरू हुनेछन्, तिनले उपभोक्ताकापुराना दुई पाङ्ग्रे सवारी साधनको लागि उच्चतम मूल्य सुनिश्चित गर्नेछन् ।

यो एक्सचेन्ज अफरले उपभोक्तालाई अधिकतम फाइदा दिँदै तिनलाई मनपर्ने टीभीएस मोडलमा अपग्रेड गर्न सहज अवसर प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।

ग्यारेन्रन्टर बिना सजिलो वित्तीय सुविधाः वित्तीय चिन्ताले पिरोलिरहनु भएको छ?मेला मार्फत टीभीएसले सजिलो वित्तीय सुविधा प्रदान गर्नेछ । ग्राहकहरूले ग्यारेन्टर बिना नै सजिलो वित्तीय विकल्पहरूको फाइदा लिन सक्नेछन्, जसले प्रक्रियालाई अझ सरल र चिन्तारहित बनाउँछ ।

टेस्ट राइड र निश्चित उपहारः मेलामा टीभीएस बाइक वा स्कुटरको रोमाञ्चक अनुभव लिने अवसर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, टेस्ट राइडमा सहभागी हुने उपभोक्ताहरुका लागि निश्चित उपहारहरूको समेत ब्यवस्था रहने छ ।

छानिएका मोडलहरूमा ०%ईएमआई सुविधा : मेला मार्फत आयोजकले टीभीएसका छानिएकामोडलहरूमा ०% प्रतिशत ईएमआई को सुविधा उपलब्ध गराउने छ ।

निःशुल्कसामग्रीः एक्सचेन्ज मेलामा नयाँ टीभीएसका सवारी साधन खरिद गर्ने ग्राहकहरूले निःशुल्क हेलमेट, बाइक कभर, र ब्याग लगायत सामग्रीहरू निःशुल्क प्राप्त गर्नेछन् ।

आफ्ना उपभोक्ताले सवारी साधन खरिद गरे देखि नै नै पूर्ण सुविधाको उपभोग गर्न पाउन भन्ने सोचका साथ कम्पनीले यो सुविधा प्रदान गर्न लागेको जानकारी दिएको छ ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ ।

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्