विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक


 


काठमाडौं । फूलपातीदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ ।

विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को एक्सनप्रधान ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलरमा निर्देशक समेत रहेका बाबु विराज र छोरा समीर पुरै एक्सन अवतारमा प्रस्तुत छन् । समीरको यो डेब्यु फिल्म समेत हो ।

फिल्ममा दक्षिण भारतीय एक्सन कोरियोग्राफर स्टन्त सिल्भा र शंकर महर्जनको एक्सन कोरियोग्राफी रहेको छ ।

फिल्ममा विराज र समीरबाहेक पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र म्युजिक भिडियोकी अभिनेत्री सनिशा भट्टराईसहित कनिज कोइराला, मुरलीधर, दीया मास्के, सोन चन्द्रपाल, नरेन खड्का लगायतको अभिनय छ।

यो फिल्म असोज २४ गते दशैंको फूलपातिमा रिलिज हुँदैछ ।

प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्