अविश्वासको प्रस्तावबाट जोगिए क्यानडाका प्रधानमन्त्री ट्रुडो


 


एनेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो दोस्रो अविश्वास प्रस्ताव छल्न सफल भएका छन्।

संसदमा प्रतिपक्षी दलहरुले केही हप्ताको बीचमा उनीमाथि दोस्रो अविश्वासको प्रस्ताव पेस गरेका थिए ।

क्यानडा कञ्जर्भेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेले अन्य राजनीतिक दलबाट समर्थन जुटाउन नसकेपछि प्रस्ताव असफल भएको हो ।

केही अघि पनि उनले पेस गरेको प्रस्तावलाई संसदले अस्वीकृत गरिदिएको थियो ।

प्रस्तावमा सरकारमाथि क्यानडेलीहरूलाई सर्वसुलभ बास उपलब्ध गराउन नसकेको जीवनयापन खर्च चर्किएको र अपराध बढेको आरोप लगाइएको थियो।

३३८ जना सांसद भएको संसदबाट प्रस्तावको पक्षमा बहुमत चाहिएको थियो । तर अविश्वास प्रस्तावको पक्षमा १२१ र विपक्षमा २०७ मात्रै मत खस्यो।

प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्