इरानले इजरायलमा हान्यो १८० वटाभन्दा बढी मिसाइल, मनायो उत्सव


 


एजेन्सी । इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेको छ ।

मंगलबार इरानले इजरायली भूभागमा १८० वटाभन्दा बढी ब्यालिस्टिक मिसाइलबाट आक्रमण गरेको हो। मंगलबार इरानले जरायलमाथि गरेको आक्रमण अहिलेसम्मकै ठूलो भनेको छ ।

मंगलबार साँझ स्थानीय समयमा अनुसार पौने ८ बजे जेरूसेलम, तेल अविभलगातका मुख्य सहरहरूका आकासमा मिसाइलहरू देखिएपछि लगातार साइरनको आवाज आइरहेको थियो ।

यस्तै इजरायलमा इरानले मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरू खुसीयाली मनाउँदै गरेको देखिएका छन् । बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भएका थिए । मानिसहरूले त्यहाँ पनि उत्सव मनाए।

प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्