बाढीपहिरोबाट मृत्यु हुनेको संख्या दुई सय २८ पुग्यो, २५ जना बेपत्ता


 


काठमाडौँ, असोज १६ । केही दिनअघिको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिराबाट एक सय ५८ जना घाइते भएका छन् । बाढीपहिरोबाट प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ ।

बेपत्ताको खोजी गर्ने कार्य जारी रहनुका साथै पीडितको उद्धार र सहायता परिचालन गरिएको प्रवक्ता तिवारीले बताए ।

प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनुका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्