भोजपुरमा कतिवटा दल दर्ता भए ?


 


भोजपुर, माघ २०
स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि भोजपुरमा १३ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । दल दर्ताको अन्तिम मिति माघ १७ सम्म भोजपुरमा १३ दलले निर्वाचन कार्यालयमा आफ्नो पार्टी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगमा दर्ता भएका १११ दलहरुको सुचि जिल्लामा पठाएर आयोगले त्यसैको आधारमा दल दर्ताको विवरण पठाउन देशका सबै जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरेको थियो ।

निर्वाचन आयोगको निर्देशन सहितको परिपत्र अनुसार जिल्ला निर्वाचन कार्यालयले जारी गरेको सुचना भित्र रहेर आफ्नो नाम दर्ता गर्ने दलहरुमा क्रमश  नेपाली कांग्रेस, नेपाल कम्यूनिष्ट पार्टी एमाले, नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, नयाँ शक्ति पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रीक पार्टी, संघीय समाजवादी फोरम नेपाल, जनजागरण पार्टी नेपाल, नेपाल परिवार दल र नेपाल कम्यूनिष्ट पार्टी (जनसमाजवादी) रहेका छन् ।

निर्वाचन आयोगमा दर्ता भएका दलहरुले मात्र निर्वाचनमा भाग लिन पाउने भएकाले जिल्लामा पनि दल दर्ता गरेर यहाँको विवरण आयोगमा पठाईएको जिल्ला निर्वाचन कार्यलयका कर्मचारी दिव्यश्वरी शाक्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २० माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्