११४ अंकले नेप्से बढ्दा ७ अर्ब ६१ करोडको कारोबार


 


काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से उच्च अङ्कले बढेको छ ।

नेप्से ११४.७ अंकले बढ्दा परिसूचक २६२३.५६ बिन्दुमा उक्लिएको हो । आज कारोबार रकम पनि सोमबारको तुलनामा दोब्बर वृद्धि भएको छ ।

आज कुल १ करोड ७५ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार २४३ कम्पनीको मूल्य बढ्दा एक कम्पनीको मूल्य घटेको र एक कम्पनीको स्थिर रह्यो ।

कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सीईडीबी हाइड्रोपावर र अपी पावर क्रमशः अगाडि रहे ।

प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्