बाढी पीडितलाई आवास निर्माणका लागि तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउछौं : गृहमन्त्री लेखक


 


काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माणका लागि तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन निर्देश दिएको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

मन्त्रिपरिषद् बैठकले गरेको बाढी पहिरो प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको उनले बताए ।

सरकारले बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार लाभग्राहीलाई तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन निर्देश गरिएको गृहमन्त्री लेखकले बताए।

स्थनीय तहले लाभग्राही पहिचान गरेर पठाएको ३ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउने गरी काम अगाडी बढेको गृहमन्त्री लेखकले बताए ।

प्रभावितले जिल्ला विपद् व्यवस्थापन समितिबाट अस्थायी आवास अनुदान रकम पाउनेछन् । अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड अनुसार पहिलो किस्तामा २५ हजार रुपैयाँ दिइनेछ ।

अहिले अस्थायी आवासका लागि रकम पाएकाले पछि स्थायी आवासका लागि समेत सहयोग पाउने र यसबारे पछि निर्णय गरिने गृहमन्त्री लेखकले बताए।

प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्