बाढीपहिरो प्रभावितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने


 


काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूले बाढीपहिरो प्रभावितलाई उद्धार र राहतका लागि एक महिनाको तलब उपलब्ध गराउने भएका छन्।

मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्रीदेखि मन्त्रीहरूले एक महिना बराबरको पारिश्रमिक राहत कोषमा उपलब्ध गराउने निर्णय भएको हो।

बाढीपहिरो प्रभावितलाई राहत र उद्धारका लागि मन्त्रिपरिषदका सबै सदस्यहरूको एक महिनाको पारिश्रमिक दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले बताए ।

गत बिहीबारदेखि शनिबारसम्म परेको वर्षाका कारण मंगलबार बिहानसम्म २१९ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्