ललितपुर बाढीपहिरोमा बेपत्ता थप ६ जनाको शव भेटियो


 


काठमाडौं । ललितपुरमा बाढीपहिरोमा परी बेपत्ता थप ६ जनाको शव फेला परेको छ।

ललितपुर प्रहरीका अनुसार बाढी तथा पहिरोमा परी हराएका थप ६ जना मानिसका शव फेला परेका हुन्।

प्रहरीकाअनुसार मंगलबार बिहान ८ बजेसम्म ललितपुरको महांकाल गाउँपालिका-२, ठोस्ने खोला बस्ने एकै परिवारका वर्ष ४० की राममाया स्याङ्तान, उनका छोरा वर्ष १४ का अजय स्याङ्तान, अर्को छोरा वर्ष ११ का सुवास स्याङ्तान र छोरी वर्ष ९ कि सलिना स्याङ्तानको शव भेटिएको छ

यसैगरी ललितपुरको महांकाल गाउँपालिका-२, लक्ष्यबास बस्ने वर्ष ९ का आयुष स्याङ्तान र ललितपुर महांकाल गाउँपालिका-३, गोटीखेल बस्ने ईश्वर तिमल्सिनाको पनि शव भेटिएको प्रहरीले जानकारी दिएको छ।

थप ६ शव भेटिएसँगै ललितपुरमा बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ४० पुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाढीपहिरोमा परेका अझै १० जना फेला पर्न बाँकी छ। यसअघि ७ जना मात्र बेपत्ता भनिएकामा थप ३ जनाको नाम आएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्