एमालेको सचिवालय बैठक होटल बसेरामा जारी


 


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक होटल बसेरामा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै शुक्रबार र शनिबारको वर्षापछि आएको बाढी र पहिरोले अत्याधिक जनधनको क्षति भएपछि आगामी रणनीति तय गर्न बैठक बसेको हो।

एमाले पार्टी कार्यालय च्यासलमा समेत बाढी पसेपछि होटल बसेरामा बैठक जारी रहेको छ ।

अहिले पार्टी कार्यालय एमालेको भातृसंगठन जिफन्टले सफा गरिरहेको छ।

बैठकमा प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा सहभागी हुँदा भएको भ्रमणको समीक्षा र बाढी-पहिरो पीडितलाई राहत र पुनर्स्थापनाका विषय मुख्य एजेण्डा रहेको छ।

सचिवालय बैठकपश्चात एमाले संसदीय दलको बैठक बस्दैछ।

प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्