नेपालले आज क्यानडासँग खेल्दै


 


काठमाडौं, असोज १५ । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार राति ९ः४५ बजे किङ्गसिटी मैदानमा सुरु हुनेछ ।

नेपाल यसअघि श्रृङ्खलाको पहिलो खेलमा शनिवार क्यानडासँग १४ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा भने नेपालले ओमानलाई ३७ रनले हराएको थियो । नेपालले चौथो खेलमा भोलि ओमानसँग खेल्नेछ ।

यता ओमानले हिजो भएको खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्