तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन मंगलबार घटेर तोलामा १ लाख ६० हजार रुपैयाँ कायम भएको हो।

यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३७ हजार १७५ रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर १ हजार ९२५ रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्