घर पोत्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु


 


काठमाडौँ, असोज १५ । गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङ्की २७ बर्षीया माया रोकामगरको करेन्ट लागेर ज्यान गएको छ ।

सोमबार बेलुका घर पोत्नेक्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक शंकर पोख्रेलले जानकारी दिए ।

उनका अनुसार करेन्ट लागेर घाइते भएकी रोकामगरको उपचारको क्रममा राति नै गुल्मी अस्पताल तम्घासमा ज्यान गएको हो ।

प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्