कांग्रेस संसदीय दलको बैठक बस्दै


 


काठमाडौँ, असोज १५ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

कांग्रेस संसदीय दलले सोमबार एक विज्ञप्ति जारी गरी कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्न लागेको जनाएको हो।

संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्नेछ ।

दुवै बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।

प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्