आजदेखि देशैभर तीन दिन राष्ट्रिय शोक


 


काठमाडौं, असोज १५ । आजदेखि तीन दिन देशैभर राष्ट्रिय शोक मनाइँदै छ ।

सरकारले मनसुनजन्य विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आजदेखि तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आजदेखि तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

राष्ट्रिय शोकको अवधिमा सरकारी कार्यालयहरूको झण्डा आधा झुकाइने छ ।

प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्