आज पहाडी भू–भागमा वर्षाको सम्भावना


 


काठमाडौँ, असोज १५ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव छ ।

हाल कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

आज मङ्गलबार कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका केही स्थानहरू, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्