त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको अत्यधिक भीड, उडान दुई घण्टासम्म ढिला


 


काठमाडौँ । यात्रुको अत्यधिक चाप हुँदा त्रिभुवन अन्तर्राष्ट्रमा विमानस्थलमा एयर ट्राफिक जाम भएको छ । देशका मुख्य राजमार्गहरूको आवागमन प्रभावित भएका कारण यात्रुहरूले हवाई यात्रा रोजेका छन् ।

यही कारण विमानस्थलका हरेक उडान १ देखि २ घण्टासम्म ढिला भइहरेको विमानस्थल कार्यालयले जनाएको छ ।

आइतबार एकैदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य गरेर ४२६ उडान तथा अवतरण भएका थिए । सोमबार पनि सोही हाराहारीमा उडान हुने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी गराएका छन् । ‘एकपटक धेरै यात्रुलाई सेवा दिनुपर्दा केही ढिलाइ भएको छ । पालोपालो गरेर उडान अवतरण गर्दा केही विमानलाई होल्ड गर्नुपर्ने अवस्था छ ।’

मौसम खुलेका कारण सोमबार बिहानैदेखि देशभरका विमानस्थलमा नियमित उडान भइरहेको छ ।

प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्