नेपाल प्रिमियर लिगको कमर्सियल अधिकार ५ करोड ९२ लाखमा बिक्री


 


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को कमर्सियल अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिले प्राप्त गरेको छ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार बोलकबोल प्रक्रियाबाट ब्रान्ड डिजिटलले कमर्सियल अधिकार पाएको हो।

त्यसका लागि उसले ५ करोड ९२ लाख रूपैयाँ बोली लगाएको थियो। अब उसले एनपिएल २०२४ को व्यापारिक पक्षको व्यवस्थापन र मार्केटिङ गर्न पाउनेछ।

कम्पनीले खेलको प्रचार प्रसार व्यवस्थापनदेखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ।

सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ।

सम्झौतासँगै ब्रान्ड लजिकले अब लिगको सम्पूर्ण ब्रान्डिङ र प्रचार प्रसारको जिम्मेवारी लिनेछ । एनपीएल आगामी नोभेम्बर-डिसेम्बरमा काठमाडौंमा हुँदैछ ।

एनपीएलमा काठमाडौं, पोखरा, चितवन, जनकपुर, विराटनगर, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी गरी ८ फ्रेन्चाइज टोली छन् ।

प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्